image
image
प्रतिनिधि सभाः बजेट छलफलमा सांसद चित्रबहादुर निदाएपछि

प्रतिनिधि सभाः बजेट छलफलमा सांसद चित्रबहादुर निदाएपछि

काठमाडौं । सांसद चित्रबहादुर केसीले सत्तापक्षले पेश गरेको बजेटमा तलमाथि गर्न नपाएपछि छलफलको औचित्य नभएको टिप्पणी गरेका छन् । आज प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा उनले जस्तो बजेट आएको छ त्यसलाई स्वीकार गर्नुपर्ने भन्दै छलफलको आवश्यकता नभएको बताए । 

उनले भने, ‘यहाँ जति नै उफ्रिए पनि सत्ता पक्षले पेश गरेको बजेट एक सुका एक आना जति भनेपनि तलमाथि गर्न नपाइ, यहाँ जे आएको छ त्यसलाई स्वीकार गर्नुपर्ने भएपछि  छलफलको पनि औचित्य छ जस्तो मलाई लाग्न छोड्यो ।’

यसको साथै, संसद दिक्क लाग्दो बन्दै गएको भन्दै बजेटमा समाजवाद उन्मुख दिशा कुनै कार्यक्रम प्रस्तुत नगरिएको गुनासो पनि गरेका छन् । उनले भने, ‘म त यो छलफलको कुरा सुन्दा निदाएछु पनि एकछिन, यस्तो पो भयो । रमाइलो छैन संसद, दिक्क लाग्दो छ । त्यसकारण यहाँ कुराहरु धेरै आए, नेपालको संविधानमा व्यवस्था गरे बमोजिम समाजवाद उन्मूख शासन व्यवस्था निर्माणको लागि बजेटमा त्यस सम्बन्धी ठोस कार्यक्रमको व्यवस्था गर्नुपर्ने थियो । तर प्रस्तुत बजेटमा समाजवाद उन्मूख दिशा कुनै कार्यक्रम प्रस्तुत गरिएको छैन ।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।