image
image
प्रतिनिधि सभामा सरकारको वार्षिक प्रतिवेदन पेश

प्रतिनिधि सभामा सरकारको वार्षिक प्रतिवेदन पेश

काठमाडौं । नेपाल सरकारको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेश भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानको धारा ५३ बमोजिम नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९८० पेश गरेकी हुन् ।

संविधानको धारा ५३ अनुसार राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन नेपाल सरकारले राष्ट्रपति समक्ष पेश गर्ने व्यवस्था रहेको छ । 

त्यस्तै, प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धि पहिलो संशोधन विधेयक सम्बन्धि समितिको प्रतिवेदन २०८१ प्रतिनिधि सभामा पेश गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।