image
image
गाँजाको औषधि बेचेर २ खर्ब राजश्व उठाउन सकिन्छ : धनराज गुरुङ

गाँजाको औषधि बेचेर २ खर्ब राजश्व उठाउन सकिन्छ : धनराज गुरुङ

काठमाडौं । पूर्वमन्त्री धनराज गुरुङले गाँजा खेतीको सन्दर्भमा कानून निर्माण गर्ने कुरा पहिला देखि नै उठाउँदै आइरहेको भन्दै गाँजालाई औषधी बनाएर प्रशोधन गर्न सक्यौं भने २ खर्ब राजश्व वृद्धि हुने बताए ।

 आज प्रतिनिधि सभामा बोल्दै्र उनले भने, ‘गाँजा खेतीको सन्दर्भमा कानून बनाउनको लागि त्यो सँग सम्बन्धी मन्त्री र सचिवहरुलाई छिटो यस सम्बन्धी कानून तर्जुमा गरेर ल्याउन भनेको थिएँ । यसलाई औषधीजन्यको रुपमा  यसको प्रवद्र्धन गर्नुपर्छ । यसलाई प्रतिबन्ध लगाउने कुरा गलत भइरहेको छ त्यसकारणले गर्दा यसलाई औषधी बनाउनको लागि गाँजा खेती गर्न सक्छौं । हामीले गाँजालाई औषधी बनाएर प्रशोधन गर्न सक्यौ भने २ खर्ब आजको लिनमा राजश्व वृद्धि हुन्छ । यसतर्फ पनि ध्यान दिनुपर्छ ।’ 

सांसद गुरुङले सत्तामा हुँदा मात्र नेपाल बनाउने प्रतिपक्षमा हुँदा नबनाउने भन्ने भाष्य गलत भएको भन्दै सबैको साथ सहयोगका साथ नेपाल निमार्ण गर्नुपर्ने बताए । उनले भने, ‘साथ सहयोग गरेर अघि बढौं, नेपाल बनाउने सबै मिलेर हो । सत्तामा हुदाँ मात्र नेपाल बनाउने प्रतिपक्षमा हुँदा नबनाउने होइन । यस्तो दृष्टिकोणसहित हामी अगाडि बढौं । योजनाहरु बनाउ र अगाठि बढौं म निवेदन गर्न चाहन्छु । अर्थ मन्त्री त परिवर्तन भइ रहन्छ अब नेपाली जनताको जीवन परिवर्तन गर्ने प्रण गरौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।