image
image
आइसीसी टी-२० विश्वकप: ओमानमाथि नामिबियाको शानदार जित

आइसीसी टी-२० विश्वकप: ओमानमाथि नामिबियाको शानदार जित

काठमाडौँ । आइसीसी टी-२० विश्वकपमा नामिबियाले विजयी शुरुवात गरेको छ । सोमबार बिहान सम्पन्न खेलमा नामिबियाले ओमानलाई ४ विकेटले पराजित गरेको हो ।

ओमानले दिएको केवल ११० रनको लक्ष्य पछाएको नामिबियाले २० ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

नामिबियाको जितमा जान फ्राइलिंकले सर्बाधिक ४५ रन बनाएका थिए भने निकोलस डाभीनले २४ रन बनाएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको ओमानले १९.४ ओभरमा अल आउट हुदै १०९ रन बनाएको थियो । ओमानका लागि खालिद कैलले सर्बाधिक ३४ रन बनाएका थिए भने जिशान मक्सूदले २२ तथा आयान खानले १५ रन बनाएका थिए । त्यस्तै नामिबियाका बलर रुबेन ट्रम्पेलम्यानले ४ विकेट लिए भने डेभिड वाइजले ३ विकेट लिए ।

यो जितपछि समुह बी मा रहेको नामिबियाले महत्वपूर्ण २ अंक हासिल गरेको छ । अब नामिबियाले अर्को खेल जुन ७ मा स्कटल्याण्डसँग खेल्ने छ भने ओमानले जुन ६ मा अस्ट्रेलियाविरुद्ध खेल्ने तालिका रहेको छ ।
       
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।