image
image
संघीय संसदका दुवै सदनको बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने

संघीय संसदका दुवै सदनको बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने

काठमाडौं ।  संघीय संसद्का दुवै सदनको बैठक सोमबार पनि बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्ने गरी आज संघीय संसद भवन नयाँ बानेश्वरमा बोलाइएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधानको धारा ५३ बमोजिमको ‘नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९÷०८०’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ। 

यस्तै, बैठकमा हिजोबाट प्रारम्भ भएको आर्थिक वर्ष २०८१÷०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ । हिजोदेखि जारी छालफल मंगलबार सम्म सकेर पास गर्ने तयारी सरकारले गरेको छ। यसैगरी मध्याह्न सवा १२ बजे बस्ने गरी बोलाइएको राष्ट्रियसभाको बैठकमा पनि राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलले निरन्तरता पाउने छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।