image
image
अबको हिसाब किताब प्रधानमन्त्रीसँग यहि संसदमा लिन्छौं : गगन थापा

अबको हिसाब किताब प्रधानमन्त्रीसँग यहि संसदमा लिन्छौं : गगन थापा

काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगन थापाले अबको हिसाब किताब प्रधानमन्त्रीसँग नै हुने बताएका छन् । यस अघि गृहमन्त्री रवि लामिछानेले संसदमा सम्बोधनका क्रममा बोलेका विषय उठाउदै महामन्त्री थापाले अब आफुहरुको हिसाब किताब गृहमन्त्रीसँग नभएर प्रधानमन्त्रीसँग हुने बताएका हुन् ।

गृहमन्त्रीले संसदको गरिमा नराखेको बताउदै सभामुखको समेत ध्यानाकर्षण गराएका छन् । गृहमन्त्रीले संसदमा विदेशी एसेट रहेको भन्ने वाक्य सम्बेदनशील रहेको बताउदै यो भनाईलाई कांग्रेसले सामान्य रुपमा नलिने स्पष्ट गरे ।   

उनले संसदमा बोलिएका विषयमा प्रधानमन्त्रीसँग जवाफ माग्ने बताउदै भनेका छन्, कि त प्रधानमन्त्रीले संसदमा आएर भन्नु पर्यो कि गृहमन्त्रीले बोलेका कुरामा मेरो पनि सहमति छ, हैन भने संसदको रेकर्डबाट हटाउछु भनेर भन्न सक्नु पर्यो । हिसाब किताब लिन्छौं र यहि संसदमा लिन्छौं ।

उनले सहकारी ठगि प्रकरणमा गठिन संसदीय छानबिन समितिलाई स्वतन्त्ररुपमा काम गर्न दिनुपर्ने बताउदै अब संसदमा आफुहरुले जनसरोकारका विषय उठाउदै बजेटको छलफलमा ध्यानकेन्द्रित गर्ने बताए । 
  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।