image
image
संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद् अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे सुरु हुनेछ भने आजै दिउँसो सवा १ बजे राष्ट्रिय सभा बैठक बोलाइएको छ । दुवै सदनमा आज मंगलबार सरकारले प्रस्तुत गरेको बजेटमाथि छलफल गर्ने कार्यसूची राखिएको छ । 

आजको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते (मंगलबार) संसद्मा प्रस्तुत भएको राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । त्यसपछि राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने छ।

आजै दिउँसो सवा १ बजे सुरु हुने गरी बोलाइएको राष्ट्रियसभा बैठकमा पनि राजस्व र व्ययमाथिको वार्षिक अनुमानमाथि छलफलको कार्यसूची छ । यो संगै राष्ट्रिय सभामा उद्योग, वाणिज्य तथा आपूती मन्त्री दामोदार भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गरिने अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने सचिवालयले जनाएको छ । 

यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मिडिया काउन्सिल विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने तथा विधायन व्यवस्थापन समितिका सभापति जयन्ती देवी राईले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेद सभा समक्ष पेश गर्ने संसद् सचिवालयका महासचिव पद्य प्रसाद पाण्डेले जानकारी गराएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।