image
image
‘फिल्म ‘ज्वाइँ साब’को छायांकन शुरु, जितु र नीति प्रमुख भूमिकामा

‘फिल्म ‘ज्वाइँ साब’को छायांकन शुरु, जितु र नीति प्रमुख भूमिकामा

काठमाडौं । बसन्त निरौलाको निर्देशनमा बन्न लागेको फिल्म ‘ज्वाइँ साब’को छायांकन सुरु गरिएको छ । शुक्रबार बिहान मकवानपुर जिल्लाको पर्यटकीय गन्तव्य चित्लाङस्थित स्वच्छन्द भैरव मन्दिरमा स्क्रिप्ट, क्यामेरा र क्ल्याप पूजा गर्दै फिल्मको छायांकन थालिएको हो ।

चित्लाङमा २० दिनको छायांकन गरिने भएको छ । त्यसपछि बाँकी छायांकनका लागि निर्माण टिम सौराहा र इलाम जाने तयारीमा छ ।

फिल्ममा हास्य अभिनेता जीतु नेपाल र अभिनेत्री नीति शाहको जोडी बाँधिएको छ । अभिनयको हिसाबले नीतिको यो दोस्रो फिल्म हो । फिल्ममा रमेश वुढाथोकी, प्रकाश घिमिरे, वुद्दि तामाङ, हिमेश पन्त, निमा पाण्डे लगायतको पनि अभिनय रहनेछ ।

फिल्ममा जीतु ज्वाइँको भूमिकामा देखिनेछन् । अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत रहेको फिल्मको छायाँकार श्याम तामाङ हुन् । 

राज कुमार पण्डित प्रस्तुतकर्ता रहेको ‘ज्वाइँ साब’मा मिनादेवी पाण्डे, सौगात पण्डित र पदमलाल तामाङ निर्मातामा छन् । विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्ममा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद लेखन छ ।

फिल्मलाई समसामयिक कथामा निर्माण गर्न लागिएको निर्देशक निरौलाले जानकारी दिए । फिल्म यसै वर्षको तिहारमा रिलिज हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।