image
image
सहकारीका कारण निरुत्साहित हुनु पर्दैन, बचतकर्ताको पैसा फिर्ता हुन्छ : अर्थमन्त्री पुन

सहकारीका कारण निरुत्साहित हुनु पर्दैन, बचतकर्ताको पैसा फिर्ता हुन्छ : अर्थमन्त्री पुन


काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सहकारीका बचतकर्ताहरुलाई उनीहरुको रकम फिर्ता हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।अर्थ मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री पुनले सहकारी क्षेत्रमा देखिएका सबैखाले समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । उनले अहिले कोही पनि सहकारीका कारण निरुत्साहित हुनु नपर्ने पनि दाबी गरे ।

 कुनै सहकारीमा सञ्चालकले केही गल्ती गरेको छैन भने नडराउनु नपर्ने मन्त्री पुनको थियो । मन्त्री पुनले सहकारीमा संरचनात्मक र नीतिगत सुधार आवश्यक रहेको र त्यो पुरा गर्ने पुनको दाबी छ ।

सहकारीका सञ्चालकले बचतकर्ताको बचत फिर्ता नगरेपछि एकाघर परिवारका सदस्यले राखेको सम्पत्तिको धितोबाट ५(५ लाख रुपैयाँ भए पनि फिर्ता गर्नतर्फ आफूहरु लागेको मन्त्री पुनले बताए । यसैबाट बचतकर्ताको हित हुने उनको विश्वास छ ।

‘यसले सहकारीमा समस्या समाधान गर्न पहल गर्ने काम भइरहेको छ,’ उनले भने ‘सहकारीलाई संविधानले पनि तीन खम्बे अर्थ नीतिमा एक खम्बा मानेको अवस्थामा केही सहकारीले ऐन कानून, सहकारीको मूल्य मान्यता, सिद्धान्त भन्दा बाहिर गएर कारोबार गर्दा यो क्षेत्र बदनाम भएको हो । सरकारले अगामी आवका लागि ल्याएको बजेटमा कानूनमा आवश्यक संशोधन गरी सहकारिताको सिद्धान्त र नीतिबमोजिम सहकारी सञ्‍चालन हुने व्यवस्था गरिने, बचत तथा ऋण सहकारी संस्थाको नियमन गर्न नियामक निकाय स्थापना गरिने, बचत तथा ऋण सहकारीलाई एक आपसमा गाभिन सहजीकरण गरिने व्यबस्था गरेको छ ।’

यस्तै बजेटले बचत तथा ऋण सहकारी संस्थामा देखिएको समस्या समाधानका लागि समस्याग्रस्त सहकारीका सञ्‍चालक र एकाघरको परिवारको सदस्यको नाममा रहेको सम्पत्तिको धितोको सुरक्षणमा ५ लाखसम्मका बचतकर्ता सदस्यको रकम फिर्ता गर्ने व्यवस्था गरेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।