image
image
विभिन्न आवरणमा व्यवस्थामाथि आगो सल्काउन खोज्नेहरुप्रति सचेत बनौं :गगन थापा

विभिन्न आवरणमा व्यवस्थामाथि आगो सल्काउन खोज्नेहरुप्रति सचेत बनौं :गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशमा व्याप्त निराशाको तावामा विभिन्न आवरणमा व्यवस्थामाथि आगो सल्काउन खोज्नेहरुप्रति सचेत रहन आग्रह गरेका छन् ।

गणतन्त्र दिवसको शुभकामना दिँदै थापाले यस्तो बताएका हुन् । उनले व्यवस्थासँगै देशको अवस्था बदलिन नसक्दा निश्चय नै निराशा र आक्रोश बढेको टिप्पणी गरेका छन् ।

उनले लेखेका छन्–२०६२/०६३को ऐतिहासिक जनआन्दोलनको बलमा २०६५ जेठ १५ गते संविधान सभाको पहिलो बैठकबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको त्यो क्षण !

आज १७औं गणतन्त्र ! ब्यवस्था संगै अवस्था बदलिन नसक्दा निश्चय नै निराशा र आक्रोश बढेको छ । दोष ब्यवस्थाको होइन व्यवस्था चलाउने पात्र र प्रवृतिको हो । बदलिन र बदल्न,सच्चिन र सच्याउन पर्ने थुप्रै विषय छन । आशा र भरोसाका लागि डेलिभरी दिनुपर्नेछ,थिति बसाल्नुपर्नेछ। समीक्षा र प्रण गरौं ।

यही निराशाको तावामा विभिन्न आवरणमा ब्यवस्थामाथि आगो सल्काउन खोज्नेहरूप्रति सचेत रहदैं लोकतान्त्रिक गणतन्त्रलाई थप उन्नत र देशलाई समुन्नत बनाउन आजको दिनले हामी सबैलाई उत्प्रेरित गरोस् ।

गणतन्त्र दिवसको अवसरमा देश-विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।