image
image
सामाजिक न्यायसहितको आर्थिक र सामाजिक समृद्धि सुनिश्चित गर्न किन कठिन भैरहेको छ ? – राष्ट्रपति पौडेल

सामाजिक न्यायसहितको आर्थिक र सामाजिक समृद्धि सुनिश्चित गर्न किन कठिन भैरहेको छ ? – राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र स्थापनाको डेढ दशक बित्दा पनि सामाजिक न्यायसहितको आर्थिक र सामाजिक संमृद्धि सुनिश्चिन गर्न कठिन भइरहेको प्रति प्रश्न उठाएका छन् । उनले गणतन्त्रले राजनीतिक अधिकार सुनिश्चत गरेको र अब त्यसको आधारमा राज्यले हरेक नागरिकको अनुहारमा खुसी ल्याउने गरी काम गर्नुपर्ने बताएका छन् । 

मंगलबार १७ औँ गणतन्त्र दिवसको सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपछि पौडेलले भनेका छन्, ‘के हामीले प्राप्त गणतन्त्रलाई सबल बनाउन सम्पूर्ण त्याग र विनयशीलताका साथ प्रयत्न गरेका छौं ? कि हाम्रा कामले गणतन्त्रले परिलक्षित गरेको उद्देश्यमा कँंही बाधा उत्पन्न भैरहेको छ ? किन  प्राप्त राजनीतिक अधिकारको जगमा सामाजिक न्यायसहितको आर्थिक र सामाजिक समृद्धि सुनिश्चित गर्न हामीलाई अझै कठिन भैरहेको छ ? यी प्रश्नहरूलाई पन्छाएर हामीले अब धर पाउने छैनौँ ।’

राष्ट्रपति पौडेलले गणतन्त्रले सबैभन्दा मुख्यरुपमा जनताको जीवनस्तर माथि उठाउने प्रयास गरेको दाबी गरेका छन् । ‘नागरिकका आम समस्याहरू, शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात, सामाजिक सुरक्षाको प्रत्याभूतिसहित गरिवीको अन्त्य त गर्नुनै छ, साथै विश्वमञ्चमा हाम्रो प्रतिष्ठालाई पनि उँचो बनाउनुछ, हामीले हाम्रो मौलिक पहिचानको प्रवर्धन त गर्नुनै छ, साथै एक समृद्ध र आत्मगौरवसहितको देशको पहिचान पनि सुनिश्चित गर्नुछ,’ राष्ट्रपतिले सन्देशमा भनेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।