image
image
राजस्थान आइपिएलको दोस्रो क्वालिफायरमा

राजस्थान आइपिएलको दोस्रो क्वालिफायरमा

काठमाडौं । राजस्थान रोयल्स इण्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो क्वालिफायरमा पुगेको छ । बुधबार सम्पन्न इलिमिनेटरको खेलमा राजस्थानले रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) लाई ४ विकेटले पराजित गर्दै दोस्रो क्वालिफायरमा पुगेको हो ।

बैंगलुरुले दिएको १७३ रनको लक्ष्य पछाएको राजस्थानले १९ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । त्यस्तै रोयल च्यालेन्जर्स बैंगलुरुले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ८ विकेट गुमाएर १७२ रन बनाएको थियो ।

यो जितपछि अब राजस्थानले दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावादसँग खेल्ने छ । यो खेल शुक्रबार हुने छ ।त्यस्तै यो हारसहित रोयल च्यालेन्जर्सको आइपिएल यात्रा भने समाप्त भएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।