image
image
कार्यदलमा अझै जुटेन सहमति, अनिश्चित संसद बैठक

कार्यदलमा अझै जुटेन सहमति, अनिश्चित संसद बैठक

काठमाडौं ।  सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टिओआर) बनाउन कार्यदलको बैठक निष्कर्षमा पुग नसकेपछि संसदको बैठक प्रभावित भएको छ । बैठक कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा जारी रहेको छ । शनिबार चार प्रमुख दलको बैठकले संसदीय समितिको कार्यादेश बनाउन कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । 

कार्यदलमा एमालेबाट महेश बर्तौला, कांग्रेसबाट जीवन परियार र रास्वपाबाट शिशिर खनाल रहेका छन् ।  अहिले कार्यदलको बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकपनि मिसिएका छन् । 

अहिले कार्यदलमा छानबिनको दयारा बारे विवाद रहेको छ । रास्वपाले संसदीय समितिले गृहमन्त्रीलाई तोकेर छानबिन गर्न नसक्ने अडान लिदै आएको छ भने एमालेले व्यक्ति तोकेर छानबिन हुननसक्ने बताउदै आएको छ । 

त्यस्तै नेपाली कांग्रेसले भने सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएकोले छानबिन उनीमाथि पनि हुनुपर्ने बताउदै आएको छ । कार्यदलमा अहिलेसम्म सहमति नभएपछि बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक बस्ने विषय अन्योलमा रहेको छ । 
    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।