image
image
सहकारी ठगलाई कारबाहीको मागसहित विरोध प्रदर्शन गर्दै तरुण दल

सहकारी ठगलाई कारबाहीको मागसहित विरोध प्रदर्शन गर्दै तरुण दल

काठमाडौं । सहकारी ठगीमा संलग्नलाई कारबाही र हजारौँ बचतकर्ताको रकमको सुरक्षाको माग गर्दै नेपाल तरुण दलले विरोध प्रदर्शन गर्ने भएको छ । संसद्मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगीको आरोप लागेका गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानविन समिति गठनको माग गदै आएको छ भने कांग्रेसकै भ्रातृसंस्था तरुण दलले सडकबाट दबाब बढाउने भएको हो ।

बुधबार काठमाडौंको माइतीघर मण्डलामा जम्मा भएर विरोध प्रदर्शन गर्ने कार्यक्रम तय भएको तरुण दलका अध्यक्ष विद्वान गुरुङले जानकारी दिए ।‘सोमबार केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्यो । देशभरिबाट सहकारी पीडितहरूले हारगुहार गरिरहेको अवस्था छ,’ गुरुङले भने, ‘यस्तोमा सरकार रमिने बनेर बस्न मिल्दैन । हामीले सहकारी ठगलाई कारबाही र बचतकर्ताको रकमको सुरक्षाका लागि सडक प्रदर्शनको गर्दैछौँ ।’बुधबार दिउँसो १२ बजे माइतीघर मण्डलामा जम्मा भएर बृहत् ¥याली निकालिने उनले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।