image
image

संघीय संसद्को संयुक्त बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१÷०८२ कालागि सरकारको वार्षिक नीति तथा कार्यक्रम आज संघीय संसद्मा पेश हुँदैछ । संघीय संसद्का दुवै सदनको मंगलबार दिउँसो ३ बजे बस्ने संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

संघीय संसद्मा राष्ट्रपतिको सम्बोधनका लागि आवश्यक सबै तयारी पूरा भएको संघीय संसद् सचिवालयले जनाएको छ । हरेक वर्ष जेठ १५ मा सरकारले बजेट ल्याउनुअघि संघीय संसद्का दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ । जसअनुसार मंगलबार संघीय संसद्लाई राष्ट्रपति पौडेलले सम्बोधन गर्न लागेका हुन् । 

सचिवालयकाअनुसार संघीय संसद्का सबै सदस्यहरूलाई दिउँसो २ः४५ बजेभित्र औपचारिक पोशाकमा उपस्थिति भइ आफ्नो आश ग्रहण गरिसक्न सूचित गरिएको छ । सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिबाट सम्बोधन हुने संयुक्त बैठकलाई व्यवस्थित गर्न सोमबार सचिवालयका कर्मचारीहरुलाई निर्देशन दिएका थिए । 

त्यसअघि सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासहित संघीय संसद्मा रहेका दलका नेताहरूसँग बैठक सञ्चालनका विषयमा परामर्श गरेका थिए । 

राष्ट्रपतिले सम्बोधन गर्ने बैठकमा विभिन्न कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरूलाई समेत निमन्त्रणा गर्ने अभ्यास रहेको छ । संयुक्त बैठकमा राष्ट्रपतिको सम्बोधनपछि राष्ट्रपति पौडेललाई धन्यवाद ज्ञापन गर्ने कार्यसूची छ । त्यसकालागि प्रतिनिधिसभाको बैठक साँझ ६ बजे बोलाइएको छ भने राष्ट्रिय सभाको बैठक ५ ः ३० बजेका लागि बोलाइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।