image
image
संसद् खुलाउन प्रधानमन्त्रीको पहल : बालुवाटारमा कांग्रेसका शीर्ष नेताहरू

संसद् खुलाउन प्रधानमन्त्रीको पहल : बालुवाटारमा कांग्रेसका शीर्ष नेताहरू

काठमाडौं । सहकारी ठगी प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानविन समिति गठन नभएसम्म संसद् सञ्चालन हुन नदिने अडान लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले छलफल थालेका छन् । 

कांग्रेसले संसद्मा सरकारको नीति तथा कार्यक्रम नै प्रस्तुत गर्न नदिने अडान लिएपछि प्रधानमन्त्री दाहालले आइतबार बिहानै कांग्रेससँग छलफल गर्न लागेका हुन् । प्रधानमन्त्रीले छलफलका लागि बोलाएपछि केहीबेर अघि कांग्रेस नेताहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । भेटका लागि कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, कांग्रेस राष्ट्रिय सभा दलका नेता कृष्णप्रसाद सिटौला र प्रमुख सचेतक रमेश लेखक बालुवाटार पुगेका हुन् । 

गृहमन्त्री लामिछानेमाथि सहकारीको रकम अपचलन गरेको विषयमा आरोप लागेपनि प्रधानमन्त्री, सत्ता गठबन्धन र राज्यका संरचनाहरु लागेर लामिछानेलाई चोख्याउने प्रयास भएको भन्दै कांग्रेसले संसदीय छानविन समितिको माग गर्दै आएको छ । तर छानविन समिति बनेपछि पदबाट राजीनामा दिनुपर्ने भयले रास्वपाका सभापति समेत रहेका गृहमन्त्री लामिछाने भने त्यसलाई जसरी पनि टार्ने जोडबलमा छन् । 

कांग्रेसले यसअघि शुक्रबारको बैठकमा संसदीय छानविन समिति नबनाएसम्म सदन चल्न नदिने अडान प्रस्तुत गरेको थियो । सरकारले जेठ १ गते अर्थात् आगामी मंगलबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ । तर कांग्रेसले भने संसदीय छानविन समिति नबने नीति तथा कार्यक्रम समेत प्रस्तुत गर्न नदिने अडान अघि सारेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।