image
image
ऋषभ पन्तलाई आइपिएलको एक खेलबाट निलम्बन गरियो

ऋषभ पन्तलाई आइपिएलको एक खेलबाट निलम्बन गरियो

काठमाडौं ।  आइपिएल टिम दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई आईसीसीको नियम उल्लंघन गरेको आरोपमा एक खेलको निलम्बन गरिएको छ । उनलाई जरिवाना समेत लगाइएको छ ।

इन्डियन प्रिमियर लिगको ५६औँ खेलमा टिमको स्लो बलिङका कारण पन्तविरुद्ध यो कारबाही गरिएको हो । राजस्थान रोयल्ससँगको यो खेल ७ मेमा दिल्लीको अरुण जेटली स्टेडियममा भएको थियो ।

दिल्ली क्यापिटल्सले तेस्रो पटक न्यूनतम ओभर रेटको सीमा उल्लंघन गरेको कारण यो कारबाही गरिएको हो ।यति मात्र होइन, पन्त बाहेक टिमका सबै सदस्यलाई १२ लाख रुपैयाँ वा म्याच फीको ५० प्रतिशत, जुन कम हुन्छ, जरिवाना गरिएको छ ।

यसअघि पनि आईपीएलका क्रममा धेरै चर्चित खेलाडीलाई खेलबाट निलम्बन गरिएको थियो ।हरभजन सिंह, रविन्द्र जडेजा र डेभिड वार्नरलाई लिग नियम उल्लंघन गरेको आरोपमा निलम्बन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।