image
image
कांग्रेस पदाधिकारी बैठकको निष्कर्षः संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन्

कांग्रेस पदाधिकारी बैठकको निष्कर्षः संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन्

काठमाडौं । नेपाली कांग्रेसले सरकारले संसद चल्न नदिनेतर्फ उद्दत हुदै गएको निष्कर्ष निकालेको छ । शनिबार कांग्रेस पदाधिकारी बैठकले आफूहरुले संसदको गतिरोध अन्त्य गर्ने कुरामा लचकता राख्दाराख्दै पनि सरकार र सभामुख संवेदनशील नभएको निष्कर्ष निकालेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै महामन्त्री गगनकुमार थापाले सरकार संसदीय समिति पनि नबनाउने र संसद पनि चल्न नदिनेतर्फ उद्धत भएको निष्कर्ष निकालेको जानकारी दिए । 

उनले आफूहरु चाहिनेभन्दा बढी लचकदार भइरहेको उनले बताउदै उनले भने– ‘संसद् पनि चल्न नदिने, छानविन समिति पनि बनाउन नदिनेतर्फ सरकार उद्धत भएको भन्ने हाम्रो आजको छलफलको निष्कर्ष रह्यो ।

महामन्त्री थापाले आगामी दिनमा संसद्का कसरी प्रस्तुत हुने भन्ने विषयमा निर्णय गर्न आगामी सोमबार १ बजे संसदीय दलको बैठक आह्वान गरिएको जानकारी दिए । उनले आफूहरुको माग र पोजिसन तलमाथि नहुने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।