image
image
ब्रोजोभिक र रोनाल्डोको गोलमा अल नासर विजयी

ब्रोजोभिक र रोनाल्डोको गोलमा अल नासर विजयी


काठमाडौं । साउदी प्रो लिग अन्तर्गत अल नासरले अल अखडोउडलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल अखडोउडलाई ३–२ गोलले पराजित गरेको हो ।

अल नासरको जितमा मार्सेलो ब्रोजोभिकले ९१औ मिनेटमा निर्णायक गोल गरेका थिए । यस अघि उनले खेलको सातौं मिनेटमा शुरुवाती गोल गर्दै अल नासरलाई अग्रता दिलाएका थिए । त्यस्तै यस खेलमा खेलको १५औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गरेका थिए ।त्यसैगरी अल अखडोउडका लागि हसन अल हबिब र साभियोर गडविनले एक एक गोल गरेका थिए ।

यो जितपछि अल नासरको ३१ खेलमा ७७ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । अल  नासर शिर्ष स्थानमा रहेको अल हिलाल भन्दा ९ अंकले पछाडी रहेको छ । यद्यपी अल हिलाल एक खेल कम खेलेको छ ।त्यसैगरी अल अखडोउडको भने ३१ खेलमा २८ अंक रहेको छ र लिगमा १५औं स्थानमा छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।