image
image
आइपीएल क्रिकेटः  हैदरावादले रच्यो इतिहास

आइपीएल क्रिकेटः  हैदरावादले रच्यो इतिहास

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा सनराइजर्स हैदरावादले १० ओभरमै खेल जित्दै इतिहास रचेको छ । वुधबार राति भएको खेलमा हैदरावादले  लखनऊ सुपर जायन्टसले दिएको १६६ रनको चुनौतीपूर्ण लक्ष्य ९.४ ओभरमा पूरा गरेको हो । जितसँगै हैदरावाद १२ खेलबाट १४ अंक बनाएर तालिकाको तेस्रो स्थनमा उक्लिएको छ । रनरेटमा पनि सुधार गरेको हैदरावाद प्लेअफमा पुग्ने सम्भावना पनि अत्याधिक बढेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको पाहुना टोली लखनऊका निकोलस पुरन र आयुष बडोनीको उत्कृष्ट साझेदारीका कारण लखनउले हैदरावादलाई १६६ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । हैदरावादका लागि  ओपनिङ ब्याट्सम्यानले यो लक्ष्य १० औं ओभरमा नै पुरा गरेर इतिहास रच्न सफल भए ।

पहिला ब्याटिङ गर्दा लखनऊ सुपर जाइन्ट्सले पावरप्लेको ६ ओभरमा २ विकेट गुमाएर २७ रन मात्र जोडेको थियो । ओपनर क्विन्टन डी कक २ रन बनाएर सुरुमै आउट भए भने मार्कस स्टोइनिस ३ रन बनाएर आउट भए । यी दुवै ब्याट्सम्यानलाई भुवनेश्वर कुमारले पभेलियन पठाए । कप्तान राहुलले मध्यक्रममा सुस्त पारी खेल्दै ३३ बलमा २९ रन मात्र बनाए । राहुलको महत्वपूर्ण विकेट प्याट कमिन्सले लिए । 

यसपछि २४ रनमा ब्याटिङ गरिरहेका क्रुणाल पाण्ड्या रनआउट भए । एक समय लखनउले ६६ रनमा ४ विकेट गुमाएको थियो भने आयुष बडोनी र निकोलस पुरनले ५औं विकेटका लागि अर्धशतकीय साझेदारी गरेका थिए ।निकोलस पूरनले २६ बलमा ६ चौका र १ छक्का सहित ४८ रन बनाए भने आयुष बडोनीले ९ चौका प्रहार गर्दै ५५ रनको महत्वपूर्ण इनिङ खेले । 

यी दुई ब्याट्सम्यानबीच ९९ रनको उत्कृष्ट साझेदारी थियो । निर्धारित ओभरमा लखनऊले ४ विकेटको नोक्सानीमा १६५ रन बनायो । सनराइजर्स हैदरावादका भुवनेश्वर कुमारले सर्वाधिक दुई विकेट लिए भने प्याट कमिन्सले एक विकेट लिए ।

१६६ रनको लक्ष्य पछ्याउने क्रममा ट्राभिस हेड र अभिषेक शर्माले तुफानी पारि खेले । पावरप्लेको पहिलो ६ ओभरमा दुवै ब्याट्सम्यानले १०७ रन बनाएका थिए भने लक्ष्य ९.४ ओभरमा पुरा भएको थियो । अभिषेक शर्माले २८ बलमा ८ चौका र ६ छक्का सहित ७५ रन बनाए । अर्को छेउमा ट्राभिस हेडले ३० बलमा ८९ रन बनाए । हेडले आफ्नो इनिङ्समा ८ चौका र ८ छक्का प्रहार गरे । हेड र अभिषेकको अगाडि लखनउका सबै बलर प्रभावहीन साबित भएका थिए ।आइपीएलमा आज राति पञ्जाव किंग्स र रोयल च्यालेन्जर्स बेंग्लुरु आमने सामने हुने छन् । खेल पौने ८ बजे सुरुहुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।