image
image
सहकारी प्रकरण, म विरुद्ध छानबिन समिति बनाउने कुनै आधार छैन : गृहमन्त्री लामिछाने

सहकारी प्रकरण, म विरुद्ध छानबिन समिति बनाउने कुनै आधार छैन : गृहमन्त्री लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले आफुविरुद्ध छानबिन समिति बनाउने कुनै आधार नभएको बताएका छन् ।

सभामुखले बोलाएको सर्बदलीय बैठकमा लामिचानाएले महान्यायाधिवक्ता कार्यालयले नै मेरो विरूद्व केही छैन भनेपछि छानबिन समिति बनाउने आधार नै नभएको बताएका हुन् ।

उनले आधार नभई किन छानबिन समिति बनाउने भन्दै भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका संसदमा आउने र कुनै आधार नभएको उजुरीमा छानबिन गर्नुपर्ने भन्दै प्रश्न गरेका थिए । 

उनले भने- रूपन्देहीमा मुद्दा चल्ने, नचल्ने आधार हेरियो होला । आधार हेर्दा मुद्दा नचल्ने देखियो । नाम सहभागी हुँदैमा दोषी हुने होइन । प्रतिपक्षले सदन चल्न दिन जिम्मेवार हुनुपर्छ । संसदीय अभ्यास अगाडि बढाउन दिनुपर्छ ।' 

उनले सहकारी समस्या समाधान गर्न सरकार संवेदनशील छ, नीतिगत र संरचनागत रूपमा फास्ट ट्रयाकमा व्यवस्था गर्न लागिरहेको बताउदै बचतकर्ताको पैसा फिर्ता प्राथमिकतामा रहेको र यसलाई प्रतिपक्षीले साथ दिनुपर्ने बताए । 

उनले जिबी राईका सम्बन्धमा मलेसियामा गृहमन्त्रीसँग सकारात्मक छलफल भएको बताउदै उनलाई नेपाल ल्याउन निरन्तर प्रयास गरिरहेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।