image
image
जापानकी विदेशमन्त्री योको राति १० बजे फर्किने, कुनै सम्झौता नगर्ने

जापानकी विदेशमन्त्री योको राति १० बजे फर्किने, कुनै सम्झौता नगर्ने

काठमाडौं । आइतबार दिउँसो काठमाडौं उत्रिएकी जापानकी विदेशमन्त्री खामीखावा योकोले भेटघाटसँगै काठमाडौंका विभिन्न स्थानको अवलोकन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालको औपचारिक भ्रमणका लागि आइतबार काठमाडौं आइपुगेकी उनले दिउँसो ३ बजे परराष्ट्र 

मन्त्रालयमा समकक्षी श्रेष्ठसँग द्विपक्षीय भेटवार्ता गर्नुअघि उनी २ः३० बजे दरवार स्क्वायर क्षेत्रको भ्रमणमा जाने कार्यक्रम तय भएको छ ।खामीखावा र श्रेष्ठबीचको द्विपक्षी भेटवार्ता सम्पन्न भएपश्चात उनले ३ः३० बजे मण्डला बुक प्वाइन्टको अवलोकन गर्ने र ४ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा शिष्टाचार भेटघाट गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री प्रचण्डसँगको भेटपछि उनी होटल सोल्टीमा परराष्ट्र मन्त्री श्रेष्ठले स्वागतमा आयोजना गरेको डीनरमा सहभागी हुनेछिन् । त्यसपछि साँझ ७ बजे उनी राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गर्ने शीतल निवास पुग्ने कार्यक्रम रहेको छ । कामीकावा राती १० बजे जापान फर्किने कार्यक्रम रहेको छ । नेपाल भ्रमणका क्रममा उनले कुनै दुईपक्षीय सहमति र सम्झौता नगर्ने जनाइएको छ । 

विदेशमन्त्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालसहतिको टोलीले स्वागत गरेका थिए । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा विदेशमन्त्री खामीखावा नेपाल भ्रमणमा आएकी हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।