image
image
अस्थिरता र अविश्वासको जगमा बनेको सरकारको आयु धेरै लामो छैन : प्रकाशशरण महत

अस्थिरता र अविश्वासको जगमा बनेको सरकारको आयु धेरै लामो छैन : प्रकाशशरण महत


काठमाडौं । नेपाली काङ्ग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले अस्थिरता र अविश्वासको जगमा बनेको सरकारको आयु धेरै लामो नभएको बताएका छन् । शनिबार विश्व प्रेस स्वतन्त्रता दिवसको सन्दर्भमा नेपाल प्रेस युनियन केन्द्रीय समितिले आयोजना गरेको अन्तरक्रियामा उनले वर्तमान सरकारको आयु चाडै टुङ्गिने बताए । उनले पारदर्शिता, विकास र स्थिरताप्रति समर्पित सरकार चाँडै निर्माण हुने विश्वास व्यक्त गरे । 

उनले भने, ‘अस्थिरता र अविश्वासको जगमा अहिलेको सरकार बनेको छ । यसकै कारणले यसको आयु चाडै टुङ्गिनेवाला छ । र चाडै नै हामीले लोकतन्त्रप्रति समर्पित कुराले होईन्, कामले पारदर्शिता, विकास र स्थिरताप्रति समर्पित सरकार चाँडै आउने छ भन्ने विश्वास दिलाउन चहान्छु ।’

यस्तै, उनले समावेशिता र सहभागिताको सुनिश्चित गर्दै प्रत्यक्ष निर्वाचनमा जान सकिने भन्दै यसमा बहस चलाउन आवश्यक भएको पनि बताए । उनले नेपालको राजनीति काङ्ग्रेसको कारणले अन्यौलग्रस्त नभएको भन्दै अस्थिरता निम्ताउने र त्यसमा रमाउने प्रवृत्तिलाई निस्तेज गर्नुपर्ने बताए । 

उनले भने, ‘नेपालको राजनीति नेपाली काङ्ग्रेसको कारणले अन्यौलग्रस्त भएको होईन् । काङ्ग्रेसको कारणले अस्थिरता आएको होईन् । जसले अस्थिरता निरन्तर रुपमा निम्ताई रहेका छन् त्यो प्रवृत्ति नेपालको लोकतान्त्रिक आन्दोलनको लागि घातक छ । नेपालको विकासको लागि घातक छ । नेपालको उन्नती र देशमा रोजगारी सिर्जनाको लागि घातक छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।