image
image
इलाममा –२ मा जित्न नसकिए पनि पराजयबाट पाठ सिकियो : सभापति लामिछाने

इलाममा –२ मा जित्न नसकिए पनि पराजयबाट पाठ सिकियो : सभापति लामिछाने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले इलाम क्षेत्र नम्बर २ मा पार्टीको हार भएपछि पराजयबाट पाठ सिकेको बताएका छन् । उपप्रधान एवं गृहमन्त्री समेत रहेका लामिछानेले इलाम–२ को उपनिर्वाचनमा आफ्ना  उमेदवार मिलन लिम्बूको पराजय स्वीकार गर्दै उपनिर्वाचनमा जित्न नसकेपनि सिक्ने अवसर मिलेको र जिम्मेवार ढंगले प्रस्तुत हुन कार्यकर्तालाई आग्रह गरेका छन् ।

निर्वाचित भएका नेकपा एमालेका सुहाङ नेम्वाङलाई बधाई दिँदै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जित्न सकिएन, सिक्न सकियो । त्यसैले कुनै इफ बटको सहारा नलिई सहर्ष पराजय स्वीकार गर्दै जिम्मेवार ढंगले अभिव्यक्त हुन सबै सदस्यहरूमा अनुरोध छ ।’१५ बैशाखमा प्रतिनिधि सभा सदस्यका लागि इलाम–२ को उपनिर्वाचनमा रास्वपाका उमेदवार मिलन लिम्बूले ५ हजार ५० मत मात्रै ल्याएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।