image
image
इलाम–२ मा एमालेको विजयी सभा, सम्बोधन गर्दै अध्यक्ष ओली

इलाम–२ मा एमालेको विजयी सभा, सम्बोधन गर्दै अध्यक्ष ओली

काठमाडौं । इलाम–२ को उपनिर्वाचनमा जित हासिल गरेपछि नेकपा एमालेले आज विजय सभा गर्ने भएको छ । शनिबार भएको उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले जितेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट विजयको प्रमाणपत्र प्राप्त गरेपछि नगर परिक्रमासहित विजय सभाको आयोजना हुँदैछ । 

दिउँसो १ बजे हुने विजय सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले इलामका सचिव उमेश गुरुङले जानकारी दिए । नेम्बाङले २७ हजार ७७२ मत ल्याएर चुनाव जितेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत ल्याए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।