image
image
स्पेनिस ला लिगाः बार्सिलोनाको जितमा लेवान्दोस्कीको ह्याट्रिक

स्पेनिस ला लिगाः बार्सिलोनाको जितमा लेवान्दोस्कीको ह्याट्रिक


काठमाडौं ।  स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले भलेन्सियालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले भलेन्सियालाई ४–२ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्कीले ह्याट्रिक गरेका थिए भने एक गोल फेर्मिन लोपेजले गरेका थिए । त्यसैगरी भलेन्सियाका लागि हुगो डुरो र पेपेलुले एक एक गोल गरेका थिए ।यस खेलमा खेलको ४५औं मिनेटमा भलेन्सियाका गिओर्गी मामर्डाशभिलीले रातो कार्ड पाएपछि भलेन्सिया १० खेलाडीमा सिमित भएको थियो ।

यो जितपछि बार्सिलोनाको ला लिगामा ३३ खेलमा ७३ अंक भएको छ र दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोना शिर्ष स्थानमा रहेको रियल म्याड्रिड भन्दा ११ अंकले पछाडी रहेको छ । त्यसैगरी भलेन्सियाको भने ३३ खेलमा ४७ अंक रहेको छ र लिगमा आठौँ स्थानमा छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।