image
image
फिल्म ‘दान्भी’ ले मैदान छोड्यो, जेठ १० मा दुई फिल्म भिड्ने

फिल्म ‘दान्भी’ ले मैदान छोड्यो, जेठ १० मा दुई फिल्म भिड्ने


काठमाडौं। अभिनेत्री पुजा शर्माको फिल्म दान्भीले रिलिज मिति सार्ने भएको छ ।बुद्ध जयन्तीको दिन पारेर आगामी जेठ १० गतेलाई प्रदर्शन मिति घोषणा गरेको ‘दान्भी’ ले यस दिन तीन ठुला फिल्म रिलिज हुने भएपछि मैदान छोडेको हो ।

जेठ १० मा अनमोल केसीको‘फर्की फर्की’ र  मल्टी स्टार फिल्म ‘पूजार सार्की’ रिलिज हुदै छन् । दान्भीले मैदान छोडेपछि अब जेठ १० मा ‘पूजार सार्की’ र ‘फर्की फर्की’ बीच भिडन्त हुने भएको छ ।

सोमबार पूजाको जन्मदिनको अवसर पारेर ‘दान्भी’को नयाँ प्रदर्शन मिति घोषणा गर्ने बताइएको छ । फिल्मको रिलिज सरेपछि पूजाले फेसबुकमा लेखेकी छन्, ‘एकसाथ तीन फिल्म प्रदर्शन हुन उपयुक्त नहुने ठानेर ‘दान्भी’लाई केही हप्ता पछि सार्ने निर्णय गरेका छौं ।’ 

‘दान्भी’मा पूजा पहिलोपटक एक्सन भूमिकामा प्रस्तुत भएकी छन् । रुपेश तामाङको निर्देशन रहेको फिल्ममा अभिनेता कुन्साङ बोमजम र किरण श्रेष्ठको पनि मुख्य भूमिका छ । देव मगर, अनुप गडाल निर्माता रहेको फिल्ममा पवन राना मगर  कार्यकारी निर्मातामा छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।