image
image
उपनिर्वाचनः इलाम–२ मा मतगणनाको तयारी, केहीबेर शुरु हुँदै

उपनिर्वाचनः इलाम–२ मा मतगणनाको तयारी, केहीबेर शुरु हुँदै


काठमाडौं । इलाम–२ को मतगणना गर्ने तयारी भइरहेको छ ।  मतपेटिका संकलनमा ढिलाई भएपछि मतगणना कार्य आज हुने भएको हो । यस अघि निर्वाचन आयोगले राति ११ बजेसम्म मतपेटिका संकलन सकिने भनेपनि राति ढिलो गरि मतपेटिका मतगणनास्थल मा पुर्याइएको छ ।

इलाम– २ को मतगणना  इलाम नगरपालिका वार्ड नं.७ स्थित गौतम बुद्ध सभागृहमा गरिदै छ । मुख्य निर्वाचन कार्यालयका अनुसार सर्बदलीय बैठक बसेपछि मतगणना करिब ७ बजेदेखि शुरु हुने छ ।त्यस्तै बझाङको उपनिर्वाचनका मतपेटिका भने बिहान १० बजेसम्म मात्र संकलन भइसक्ने आयोगले जनाएको छ ।

आयोगका अनुसार बझाङको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं.१ का मतपेटिका मतगणनास्थल बझाङ जिल्ला अदालत चैनपुरमा हवाईमार्गबाट समेत ढुवानी गर्नुपर्ने भएकोले आइतबार बिहान १० बजे भित्र ढुवानी भइसक्ने छन् । त्यसपछि मात्र बझाङको मत गणना शुरु हुने आयोगले जनाएको छ ।  

शनिबार सम्पन्न मतदानमा इलाम–२ मा करिब ५८ प्रतिशत र बझाङमा ५० प्रतिशत मतदान भएको थियो ।यस उपनिर्वाचनमा इलाम–२ मा १ लाख १५ हजार ८ सय ८९ मतदाता र बझाङको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा ६१ हजार ७ सय ४८ मतदाता रहेका थिए । 

यसअघि २०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा इलाम–२ मा ५९.७८ प्रतिशत तथा बझाङको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा ५२।९८ प्रतिशत मतदान भएको थियो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।