image
image
उपनिर्वाचनका लागि सेना परिचानल गर्न स्वीकृति प्रदान

उपनिर्वाचनका लागि सेना परिचानल गर्न स्वीकृति प्रदान

काठमाडौं । यही बैशाख १५ गते हुने उपनिर्वाचनका लागि राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गरेका छन् । राष्ट्रपति पौडेलले वैशाख १५ गते अर्थात् शनिबार हुने प्रतिनिधि सभा र प्रदेश सभाको उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए । 

 भट्टराईका अनुसार राष्ट्रिय सुरक्षा परिषद्को वैशाख १० गतेको सिफारिस र मन्त्रिपरिषद्को सोही दिनको सिफारिस अनुसार नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालनको स्वीकृति दिइएको हो । नेपाली सेनाको परमाधिपति राष्ट्रपति हुने संवैधानिक व्यवस्था छ ।

प्रतिनिधि सभाको इलाम क्षेत्र नं २ र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नं १ ९१० मा हुने उपनिर्वाचनका लागि तयारी धमाधम भइरहेको छ । बुधबार राति १२ बजेदेखि इलाम र बझाङमा मौन अवधि सुरु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।