image
image
बढ्दो सहरीकरणले भूकम्पीय जोखिमलाई बढाएको छ : राष्ट्रपति पौडेल

बढ्दो सहरीकरणले भूकम्पीय जोखिमलाई बढाएको छ : राष्ट्रपति पौडेल


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भौगोलिक अवस्थितिका कारण नेपाल उच्च भूकम्पीय जोखिममा रहेको उल्लेख गर्दै बढ्दो सहरीकरणले जोखिमलाई झन् बढाएको बताएका छन् । उनले भूकम्पलाई न्यूनीकरण गर्ने प्रभावकारी उपायको अवलम्बन गर्न र सुरक्षात्मक उपायसम्बन्धी प्रभावकारी जनचेतना फैलाउन सरोकारवालाको ध्यानाकर्षण समेत गराएका छन् । 

गोरखा भूकम्पको नवौं स्मृति दिवसमा आज एक सन्देश जारी गर्दै पौडेलले भूकम्प र त्यसपछिका परकम्पमा परी ज्यान गुमाउने सबैमा श्रद्धासुमन व्यक्त गरे । उनले जोखिमको प्रभावकारी न्यूनीकरण गर्नुपर्नेमा समेत जोड दिए ।

प्राकृतिक विपद् र उच्च भूकम्पीय जोखिममा नेपाल रहेको स्मरण गराउँदै उनले बढ्दो सहरीकरणका कारण भूकम्पको जोखिम बढ्दै गएको बताएका हुन् । राष्ट्रपति पौडेलले भनेका छन्, ‘भूकम्प एक प्राकृतिक विपद् भएता पनि प्रत्येक वर्ष बढ्दै गएको सहरीकरणले गर्दा पनि भूकम्पीय जोखिम बढाउँदै लगेको छ । भूकम्पलाई रोक्न नसकिएता पनि यसबाट हुनसक्ने सम्भावित जोखिमबाट आफूलाई जोगाउन सकिन्छ ।’

पौडेलले भूकम्पबाट जोगिन सुरक्षा उपायको अबलम्बन र जनचेतना फैलाउन सरोकारवालाको ध्यानाकर्षण गराएका छन् । ‘नेपाल भूकम्पीय जोखिममा पर्नुका मुख्य कारणहरूमध्ये नेपालको भौगोलिक अवस्थिति र बनावटका कारण तथा मानव निर्मित भौतिक संरचना मुख्य जिम्मेवार रहेको छ । हाम्रो मुलुक प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको हुँदा आम जनमानसमा भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपायहरू र सोबाट बच्ने सुरक्षात्मक उपायसम्बन्धी जनचेतना फैलाउनु पनि उत्तिकै जरूरी छ । म यसका लागि सम्बन्धित निकायहरूको ध्यान आकृष्ट गराउन चाहन्छु,’ जारी विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।