image
image
आज कतारका अमिर थानी नेपाल आउँदै, देशभर सार्वजनिक बिदा

आज कतारका अमिर थानी नेपाल आउँदै, देशभर सार्वजनिक बिदा

 

काठमाडौं । कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदैछन् । कतारका अमिर थानीको राजकीय भ्रमणको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिरले पहिलो पटक नेपालको राजकीय भ्रमण गर्न लागेका हुन् । दक्षिण एसियाको भ्रमणमा रहेका कतारी अमिर आज बंगलादेशबाट सीधै काठमाडौंस्थित त्रिभुवन विमानस्थल ओर्लिनेछन् । 

अपरान्ह आइपुग्ने कतारी राजाको स्वागतका लागि सरकारले सम्पूर्ण तयारी गरिसकेको छ भने उनको सम्मानमा मंगलबार एक दिन सार्वजनिक विदा दिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार कतारी अमिरलाई राष्ट्रपति रामचन्द्र पौडेल स्वयम्ले विमानस्थलमा पुगेर स्वागत गर्ने कार्यक्रम रहेको छ । कतारी अमिरको राजकीय भ्रमणका क्रममा उनको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी दिने बताइएको छ ।

मध्यपूर्व एसियाबाट नेपालमा पहिलो पटक यो उच्चस्तरको भ्रमण हुन लागेको हो । कतार नेपालीहरूको प्रमुख श्रम गन्तव्यमध्ये एक हो । यसकारण पनि कतारी अमिरको नेपाल भ्रमणका क्रममा महत्वपूर्ण विषयहरूमा द्विपक्षीय वार्ता र सम्झौताहरूमा हस्ताक्षर हुने जनाइएको छ । 

अमिरसँगै कतार सरकारका मन्त्री र उच्च अधिकारीहरू समेत टोलीमा सम्मिलित छन् । दुई देशबीचको बार्तामा नेपालका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल आफैँले वार्ता गर्नेछन् । कतारी अमिरले मंगलबार नै राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट्रपति पौडेलले उनको सम्मानमा साँझ राजकीय भोजको आयोजना गरेका छन् । 

त्यस्तै कतारका अमिर शेख थानीले बुधबार प्रधानमन्त्री दाहालसँग द्विपक्षीय वार्ता गर्नेछन् । वार्तापछि दुवै नेताहरूले द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । त्यसपछि अपरान्ह उनी कता फर्किनेछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।