कतारका अमिरलाई राष्ट्रपति पौडेलले स्वागत गर्ने
काठमाडौं । कतारका अमिर शेख तामिम विन हमद अल थानीलाई मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्ने भएका छन् ।परराष्ट्र मन्त्रालयका अनुसार अमिर थानीलाई मंगलबार अपराहन्न ५ः ३५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति पौडेलले स्वागत गर्ने भएका हुन् ।
कतारका अमिर थानी दुई दिने राजकीय भ्रमणका क्रममा मंगलबार काठमाडौँ आउदै छन् । सो अवसरमा सरकारले मंगलबार सार्बजनिक बिदा समेत दिएको छ ।









