image
image
प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीको एउटै स्वर–तत्काल कम्युनिष्ट एकता हुँदैन

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीको एउटै स्वर–तत्काल कम्युनिष्ट एकता हुँदैन

 

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले हतार गरेर कम्युनिष्ट एकताको पक्षमा नभएको बताएका छन् ।एमालेले आयोजना गरेको नेकपा हीरक महोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्ड र ओलीले फेरी कम्युनिष्ट एकता गर्न हतार नगर्ने बताएका हुन् ।प्रधानमन्त्री प्रचण्डले सहकार्य गर्दै जादा एकताको वातावरण बन्ने भन्दै अहिले नै हतारिएर एकता नगर्ने बताए ।

उनले भने– अहिले हतारमा हौसिएर कम्युनिष्ट एकता भन्ने पक्षमा छैनौं । त्यति बेला समय भन्दा गाडी दौडिएछकी जस्तो लाग्छ ।अहिले सहकार्य शुरु गरेका छौं । राम्रो सहकार्य गरौँ । जनतालाई राम्रो सेवा दिऊ । सहकार्य गर्दै जादा एकताको आधार तयार हुन्छ भन्ने लाग्छ ।

त्यस्तै एमाले अध्यक्ष ओलीले पनि यसअघि भएको एकता बिभाजन हुदा ठुलो क्षति भएको र त्यो हुनु दुर्भाग्यपूर्ण भएको बताए । उनले अहिले सरकार संचालनमा सहकार्य भएको स्पष्ट गर्दै पार्टी एकता तत्काल नहुने समेत स्पष्ट गरेका छन् ।उनले अहिले बामपन्थी मात्र मिलेर हिड्ने अवस्था नभएको भन्दै देशभक्त शक्तिहरु मिलेर राष्ट्रिय हितको पक्षमा रहेका शक्तिहरु मिलेर अगाडी बढ्नुपर्ने समय भएको बताए । 


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।