image
image
पारिश्रमिक कम भएको भन्दै एसईईको उत्तरपुस्तिका नजाच्‍ने  शिक्षकहरूको चेतावनी

पारिश्रमिक कम भएको भन्दै एसईईको उत्तरपुस्तिका नजाच्‍ने  शिक्षकहरूको चेतावनी

काठमाडौ । शिक्षकहरूले पारिश्रमिक नबढाएसम्म एसईईको उत्तरपुस्तिका नजाच्‍ने चेतावनी दिएका छन् ।शिक्षकहरूले २०७२ सालदेखि उत्तरपुस्तिका परीक्षणमा हालसम्म एउटै पारिश्रमिक पाउनु अन्यायपूर्ण भएको भन्दै पारिश्रमिक नबढाएसम्‍म उत्तरपुस्तिका नजाच्‍ने विज्ञप्तमार्पत जनाएका छन् ।

नेपाल राष्ट्रिय शिक्षक संगठनका उपाध्यक्ष प्रकाश घिमिरे, नेपाल शिक्षक संघका अध्यक्ष सुरेश प्रसाद घिमिरे, एकीकृत अखिल नेपाल शिक्षक संगठनका सचिव शैलश बहादुर प्रधान र प्रगतिशिल शिक्षक संगठनका अध्यक्ष गोविन्द चिलवालले उत्तरपुस्तिका परीक्षण गर्न नसक्ने भन्दै आइतबार विज्ञप्ति जारी गरेका छन् ।

हाल एसईईको एउटा उत्तरपुस्तिका परीक्षण गर्दा परीक्षकले २० रुपैयाँ र सम्परीक्षकले पाँच रुपैयाँ पाउँछन्। दुवैमा १५ प्रतिशत कर काट्ने व्यवस्था छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।