image
image
नेपालको कूटनीतिक पहल नै कमजोर लाग्यो – रुसी सेनामा भर्ती भएका आफन्त

नेपालको कूटनीतिक पहल नै कमजोर लाग्यो – रुसी सेनामा भर्ती भएका आफन्त

 

काठमाडौ । रुसी सेनामा भर्ती भएका नेपालीका परिवारहरुले आफन्तको उद्धारको माग राख्दै सोमबार पनि सामूहिक अनशनलाई जारी राखेका छन् । शुक्रबारदेखि काठमाडौँको माइतीघरमा रुसी सेनामा भर्ती भएका आफन्तहरूको उद्धारको माग गरी अनशन बस्दै आएका उनीहरुले सोमबार पनि बालुवारटारस्थित रुसी राजदूतावास कार्यालय अगाडि अनशन बसेर उद्धारका लागि दबाब बढाएका हुन् ।

उनीहरूले  सेनामा भर्ती भएकाहरूको उद्धार, रुसी सेनामा रहेका नेपालीको तथ्यांक सार्वजनिक, युद्धमा घाइते नेपालीको उचित उपचार, युक्रेनको कब्जामा रहेका पाँच नेपालीको उद्धार, मृतकको शव ल्याउन र क्षतिपूर्तीसहित रुसी सेनाबाट प्राप्त गर्ने सबैखाले सेवा सुविधा नेपाल ल्याउन व्यवस्थालगायतका विभिन्न १३ बुँदे माग राखेका छन् । 

चार दिनदेखि आमरण अनशनमा बसेकी पीडित कृतु भण्डारीले आफूहरु अनशन बसेको चार दिन भइसकेक्दा पनि सरकारले बेवास्ता गरेको बताइन् । उनले भनिन्,‘आजभन्दा चार दिन अगाडिदेखि हामी आमरण अनशनमा छौं । म लगायत तीन जना अनशनमा छौं । अन्यपनि रिले अनशनमा हुनुहुन्छ । आज चौंथो दिनसम्म कसैले प्रतिक्रिया दिइको छैन् । सरकारले यो सूचना पाएको छ वा छैन् थाहा छैन् । तर हामीमाथि पूरै वेवास्ता भएको छ ।’उनले युद्धग्रस्त क्षेत्रमा अवसरको खोजी गरेर गएका नेपालीहरुको उद्धार तथा जीवनरक्षा गर्नु सरकारका दायित्व रहेको भन्दै आफूहरुको माग सम्बोधनको लागि आग्रह गरिन । 

‘नेपालमा बस्ने वातावरण सृजना नहुँदा हाम्रा आफन्तले युद्धग्रस्त क्षेत्र रोज्न बाध्य भएका हुन् । जसरी गएको भएतापनि उहाँहरु नेपाली नागरिक हुनुहुन्छ । उहाँहरुको जीवनरक्षा गर्ने सरकारको न्यूनतम दायित्व हो । सरकारले उद्धार, मृतकको शव नेपाल ल्याइदिनुप¥यो । युद्धमा घाइते नेपालीको उचित उपचार हुनुप¥यो भन्ने अपिल गर्छु,’ उनले भनिन् । 

त्यस्तै आमरण अनशनमा रहेकी अर्की पीडित चिरानी घर्तीको पनि गुनासो उस्तै छ ।  अनशन बसेको चार दिनसम्म पनि सबै निकायलाई जानकारी भएको तर कतैबाट सुनुवाइ नभएको उनी बताउँछिन् । उनले माग पुरा नभएसम्म सडकमै बस्ने जिकिर गरिन् । उनले भनिन्,‘अनशन बसेको चार दिन भयो हरेक निकायमा धाइसक्यौं तर हाम्रो कुरा कसैले सुनेको जस्तो लागेन । हाम्रो माग पूरा नभएसम्म हामी सडकमै बस्छौं । हाम्रा नेपालीलाई फर्काउनु पर्यो सरकारलाई यहि भन्न चाहन्छु ।’

त्यसैगरी अर्का पीडित कपिल रुम्बाले नेपालको कुटनीतिक पहल नै कमजोर रहेको आशंका व्यक्त गरे । सबै ठाउँमा निवेदन दिएको र प्रभावकारी रुपमा कसैलेपनि माग सम्बोधन गर्न अगाडि नबढाएको उनले बताए । उनले भने,‘परराष्ट्रदेखि सबै ठाउँमा निवेदन दिएको छौं । खासै प्रभावकारी रुपमा उहाँहरु अगाडि बढेको जस्तो लागेन । कूटनीतिक पहल नै कमजोर जस्तो लाग्यो ।’ आन्दोलनकारीले विगत दुई महिनादेखि आवाज उठाउँदै आइरहेका छन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।