image
image
देशलाई परिवर्तन गरेरै देखाउने हुटहुटीमा छु, पत्रिकाको हेडलाइनसँग चिन्ता छैन : रवि लामिछाने

देशलाई परिवर्तन गरेरै देखाउने हुटहुटीमा छु, पत्रिकाको हेडलाइनसँग चिन्ता छैन : रवि लामिछाने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् गृहमन्त्री रवि लामिछानेले देशको इतिहास लेख्न आफू अघि बढेको बताएका छन् ।इलाम २ को उपनिर्वाचनमा सहगागिता जनाउँदै उनले आफूले बेइमानहरुसँग कहिल्यैपनि आफ्नो इमानदारिताको प्रमाण नदेखाउने प्रष्ट पाारे ।

तर, आफूले इमानदारहरुसँग भने आफ्नो इमानको प्रमाण देखाउने प्रतिबद्धता जनाए । उनले भने,‘मलाई पत्रिकामा के लेखिन्छ, थाहा छैन् ? यो देशको इतिहास लेख्न हिँडेको मान्छे हुँ । पत्रिका आज सकिन्छ, इतिहास भोलि लेखिन्छ,’ उनले अगाडि भने,‘आजको पत्रिकाको हेडलाइनको चिन्ता होईन, भोलिको  भविष्यको चिन्ता छ । तपाईंहरुले पत्रिकाको हेडलाईनको चिन्ता नलिनुहोस ।’

उनले यो देशलाई परिवर्तन गरेरै देखाउने हुटहुटी रहेको सुनाए । उनले आफ्नो नेतृत्वमा देशमा चितवनबाट निलो क्रान्ति गरेको बताए । चुनावी अभियानका क्रममा उनले आफ्नो पार्टीबाट उम्मेदवार बनेका मिलन लिम्बुलाई विजयी गराउन अनुरोध गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।