image
image
स्वदेशी उद्योगको विकासमार्फत अर्थतन्त्र अझै चलायमान बनाउन आवश्यक : उद्योगमन्त्री भण्डारी

स्वदेशी उद्योगको विकासमार्फत अर्थतन्त्र अझै चलायमान बनाउन आवश्यक : उद्योगमन्त्री भण्डारी

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोमर भण्डारीले स्वदेशी उद्योगको विकासको माध्यमबाट अर्थतन्त्र अझै चलायमान बनाउन आवश्यक रहेको बताएका छन् । बिहीबर काठमाडौंमा नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाद्धरा आयोजित कार्यक्रममा उनले सवल र  सक्षम अर्थतन्त्रको विकासका लागि उद्योगी व्यवसायहरुको आत्मबल बढाउँदै नयाँ आर्थिक अवसरहरु सृजना गर्न आवश्यक रहेको बताए । 

उनले भने,‘केही समयदेखि अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधारहरु आउन थालेको छ । अर्थतन्त्रमा केही सूचकहरु सुधारोन्मुख रहेको वर्तमान अवस्थामा व्यापार व्यवसाय तथा स्वदेशी उद्योग विकासको माध्यमबाट अर्थतन्त्र अझै चलायमान बनाउन आवश्यक देखिन्छ । सवल सक्षम अर्थतन्त्रको विकासका लागि उद्योगी व्यवसायहरुको आत्मबल बढाउँदै नयाँ आर्थिक अवसरहरु सृजना गर्न आवश्यक देखिएको छ । यसले एकातिर अर्थतन्त्रमा सकरात्मक सन्देश प्रवाह गर्छ भने अर्कातिर देशभित्रै रोजगारीको अवसर सृजना हुन्छ ।’ 

मन्त्री भण्डारीले लेखा व्यवसायीहरुको कार्य कुशलतामार्फत बिभिन्न कम्पनी तथा निकायका वित्तिय विवरणहरु यतार्थ र उचित प्रश्तुतीकरणले गर्दा शासकीय प्रवन्ध दिगो र बलियो हुनुपर्नेमा जोड दिए । उनले व्यवसायीहरुका कारण अर्थतन्त्रमा पारदर्शिता, जवाफदेहीता ,व्यवस्थापकीय संक्षमता एवम् वित्तिय अनुशासन पालना समेत थप प्रभावकारिता हासिल हुँदै गएको पनि बताए । 


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।