image
image
सलमान खानको घर बाहिर हवाई फायरिङ

सलमान खानको घर बाहिर हवाई फायरिङ


काठमाडौं । बलिवुड अभिनेता सलमान खानको घर बाहिर आइतबार गोली चलेको छ ।मुम्बईको बान्द्रास्थित गैलेक्सी अपार्टमेन्ट अगाडी गोली प्रहार भएको थियो । ग्यालेक्सी अपार्टमेन्ट अगाडि दुई मोटरसाइकल सवारले ४ राउण्ड फायर गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । गोली चलेपछि घरको सुरक्षा बढाइएको बताइएको छ ।गोली चल्दा सलमान आफ्नै घरमा थिए । सलमानलाई लरेन्स बिश्नोई–गोल्डी ब्रार गिरोहबाट ज्यान मार्ने धम्की आएको थियो ।

घटनाको खबर पाएलगत्तै मुम्बई पुलिस, अपराध शाखा र फोरेन्सिक विशेषज्ञहरूको टोली घटनास्थलमा पुगेको थियो । सलमानको घर बाहिर पनि सुरक्षा बढाइएको छ । आक्रमणकारीहरूको पहिचान गर्न नजिकैको सीसीटीभी फुटेज पनि जाँच गरिँदैछ र मानिसहरूसँग सोधपुछ पनि भइरहेको छ ।

लरेन्स बिश्नोईले मार्च २०२३ मा सलमानलाई धम्की दिएका थिए । बिश्नोईको धम्की पछि सलमान खानको सुरक्षा बढाइएको थियो । उनले महाराष्ट्र सरकारबाट वाई प्लस श्रेणीको सुरक्षा पाएका छन्।

यसअघि सलमानसँग महाराष्ट्र प्रहरीका कर्मचारी बस्ने गर्दथे तर धम्की आएपछि उनलाई वाई प्लस श्रेणीको सुरक्षा दिइएको छ । यो सुरक्षा घेरामा ११ जना सैनिक सधैं सलमानसँग रहन्छन्, जसमा एक वा दुई कमाण्डो र २ पीएसओ पनि हुन्छन्। सलमानको गाडी अगाडि र पछाडि एस्कर्ट गर्न सधैं दुईवटा गाडी हुन्छन् । यससँगै सलमानको कार पनि पूर्ण रूपमा बुलेटप्रुफ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।