image
image

नयाँ वर्षमा ‘जाउँ है पोखरा’ अभियान

पोखरा ३१ चैत्र । पश्चिमाञ्चल होटल सङ्घ पोखराले नयाँ वर्षका अवसरमा प्रविधिलाई विशेष प्राथमिकतामा दिँदै जाउँ है पोखरा अभियान सञ्चालन गर्ने भएको छ । कोभिड– १९ को सङ्क्रमणका कारण यसपटक भौतिक महोत्सव आयोजना नगरी प्रविधिमा आधारित क्यूआर कोडलाई प्रोत्साहन गर्दै जाउँ है पोखरा अभियान सञ्चालन गरिएको सङ्घका अध्यक्ष विकल तुलाचनले जानकारी दिए ।


सङ्घले नयाँ वर्ष २०७८ को अवसरमा पोखरा र यस क्षेत्रमा आन्तरिक पर्यटनको आगमन वृद्धि गर्न इ–सेवा र फोन पे प्रालिसँग सहकार्य गरी यो नयाँ वर्षमा ‘जाउँ है पोखरा’ भन्ने दुई दिवसीय डजिटलमैत्री अभियान सञ्चालन गरेको उहाँले जानकारी दिए ।

यो अभियान ५५ वटा बैंक तथा वित्तीय संस्थामा आबद्ध एक करोड ६० लाख ग्राहकसम्म पुग्ने विश्वास लिइएको छ । नेपाल राष्ट्र बैंकको प्रविधिमैत्री र खासगरी क्यासलेस भुक्तानी अभियानलाई प्रोत्साहन गर्न सङ्घले नयाँ वर्षको अवसरमा २०७७ चैत ३१ गते र नयाँ वर्ष वैशाख १ गते सदस्य होटल प्रतिष्ठानमा बस्ने पाहुनाले क्यूआर कोडमार्फत भुुक्तानी गर्दा होटल प्रतिष्ठानको प्रकाशित दररेटमा ४० प्रतिशत छुट र क्यूआरमार्फत भुक्तानी गर्दा विभिन्न बैंकले पाहुनालाई अतिरिक्त क्यास ब्याक दिने उनले बताए ।


नयाँ वर्षको अवसरमा पोखरास्थित होटल प्रतिष्ठानले छुट्टाछुट्टै तवरबाट विभिन्न छुट तथा सहुलियतका आकर्षक प्याकेज सार्वजनिक गरेको र ती बाटसमेत लाभ लिन पश्चिमाञ्चल होटेल सङ्घले सम्बन्धित सबैमा आग्रह गरेको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।