image
image
फिल्म ‘बडे मियाँ छोटे मियाँ’मा सक्कली हतियार प्रयोग

फिल्म ‘बडे मियाँ छोटे मियाँ’मा सक्कली हतियार प्रयोग


मुम्बई । अक्षय कुमार र टाइगर श्राफ स्टारर फिल्म ‘बडे मियाँ छोटे मियाँ’ बिहीबारबाट विश्वभर रिलिज हुँदैछ । एक्सन इन्टरटेनर यो फिल्ममा अधिक एक्सन दृश्य छन् । फिल्म निर्माताले ती दृश्यलाई वास्तविक झैं देखाउनका लागि एक्सन दृश्यमा सक्कली हतियारको प्रयोग गरेका छन् । फिल्ममा कारलाई पछ्याउनु, चक्कुको फाइट र धेरै स्टन्ट छन् । फिल्ममा चिनूक, ब्ल्याक हक्स, सी–२३५, हमवीज, ओशकोशेस, मिलिट्री ट्रक, मिलिट्री ल्याण्ड रोबर्स, एटीवी र ट्यांकसहितका हतियार प्रयोग भएका छन् ।

निर्देशक अली अब्बास जफरले फिल्ममा सक्कली हतियार प्रयोग भएको पुष्टि गरेका छन् । ‘योभन्दा अधिक सन्तुष्टि के नै हुनसक्छ र । हामीले वास्तविक लोकेसनमा सक्कली हतियार र उपकरणसँगै सक्कली स्टन्ट सुट गरेका छौं । हामी देशभरका सैनिकप्रति आभारी छौं, जसले हाम्रो फिल्ममा उनीहरुको बन्दुक, ट्यांक, मिलिटरी ट्रक, चिनुक र कैयौं हतियारको प्रयोग गर्न हामीलाई सहयोग गरे’, उनले भनेका छन् ।

उनले उत्कृष्ट प्राविधिक टिम र एक्सन क्रुको सहयोगमा दृश्यलाई वास्तविक देखाउने प्रयास गरिएको बताए । उनका अनुसार फिल्ममा देखाइएको बम ब्लास्ट, हतियार र लोकेसन वास्तविक हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।