हवाई उडान अहिले पनि सुरक्षित छ
काठमाडौं। बढ्दो कोभिड–१९ को दोस्रो चरणको संक्रमणका बीच हवाई उडान सुरक्षित रहेको निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले बताएको छ । उडानका दौरान मास्क, सेनिटाइजरको प्रयोग तथा सामाजिक दुरीलाई अनिवार्य पालना गरी सेवा प्रदान गरिएको बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले बताए छन्। स्वास्थ्य सुरक्षाका मापदण्ड अझै केही समय अनिवार्य पालना गर्नुको विकल्प नभएको उनले बताए । आन्तरिक वायुसेवा अति आवश्यक सेवा अन्तर्गत रहेको भन्दै उनले कर्मचारीहरुलाई सुरक्षा तालिम, जनजागरण तथा पीपीई प्रदान गरिएको समेत बताए हुन्।
‘संक्रमणरहित हवाई यात्राका लागि हामी प्रतिवद्ध छौं,’ उनलाई उदृत गर्दै बुद्ध एयरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसका लागि हरेक यात्रुको कोभिडसँग मिल्दोजुल्दो लक्षण पहिचान, तापक्रम चेकजाँच, ह्याण्ड सेनिटाइजको प्रयोग अनिवार्य बनाएको छौं ।’ बुद्ध एयरका सबै कर्मचारीले करोनाविरुद्धको पहिलो डोज खोप लगाइसकेको र दोस्रो डोज वैशाख १० भित्र लगाइसक्ने भन्दै उनले यसले उडान सुरक्षामा अझ बढी योगदान पुग्ने बताए छन्।
हवाई उडान पुनः सुरु भएपछि अर्थतन्त्र पनि चलायमान भएको छ । स–साना पसलदेखि ठूलठूला होटल, पर्यटकीय यातायात तथा गतिविधिहरु फेरि सुचारु भएका छन् । अहिले पुनः ठूलो जनशक्तिले रोजगार पाइरहेका छन् । संक्रमणरहित यात्रालाई निरन्तरता दिइनु पर्ने र लकडाउनसहितका प्रतिवन्ध भने अब अर्थतन्त्रले नथेग्ने समेत बुद्ध एयरले बताएको छ ।