image
image
कांग्रेस अवरोधका कारण प्रतिनिधि सभा १५ मिनेट स्थगित

कांग्रेस अवरोधका कारण प्रतिनिधि सभा १५ मिनेट स्थगित

काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्रीविरुद्ध संसदीय छानबिन हुनुपर्ने अडान कायम राखी संसद बैठक अवरोध गर्दा बैठक १५ मिनेट स्थगित गरिएको छ । नेपाली कांग्रेसले पछिल्लो समय वहालवाला उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारीको रकम अपचलन गरिएकोप्रति संसदीय छानबिन समिति गठन हुनैपर्ने बटम लाइन राख्दै संसद अवरोध गर्दै आएको छ । 

मंगलबार प्रतिनिधि सभा बैठकमा कांग्रेस सचेतक सुशिला थिङले संसदीय दलको निर्णयलाई कांग्रेसले कायम राख्ने उल्लेख गरिन । कांग्रेसले बैठक अवरोध गरेपछि सभामुख देवराज घिमीरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् । 

मंगलबार ल्होत्से हलमा बसेको कांग्रेस संसदीय दलको बैठकले लामिछानेमाथि संसदीय छानबिन समिति गठन तत्काल हुनुपर्ने मागलाई स्वीकृत गरेरै आफ्नो अडान कायम राखेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।