image
image
निष्कर्षविहिन भयो बालुवाटारको छलफल, कांग्रेसको अडान कायमै

निष्कर्षविहिन भयो बालुवाटारको छलफल, कांग्रेसको अडान कायमै

 

काठमाडौं । संसदको अवरोध खुलाउन प्रधानमन्त्री निवास बालुवाटारमा छलफल बिना निष्कर्ष सकिएको छ । सभामुखको पहलमा भएको छलफलमा कांग्रेसले आफ्नो अडान नछोडेको बताइएको छ ।छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, रास्वपा सभापति रवि लामिछाने तथा काँग्रेसका महामन्त्री गगन थापा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सहभागी रहेका थिए ।

नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगिमा संलग्न रहेको विषयमा संसदीय छानबिनको माग राखेर आज संसद बैठक अवरुद्ध गर्ने अडान जारी राखेपछि कुनै निष्कर्ष निस्किन नसकेको बताइएको छ ।

अर्को तर्फ कांग्रेसको अडानका बीच सरकारका तर्फबाट गृहमन्त्री लामिछानेले संसदमा आज विधेयक पेश गर्ने तयारी गरेपछि संसदमा आज झडप हुने समेत अनुमान गरिएको छ ।

यहि छलफलका कारण ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक अहिलेसम्म शुरु हुन सकेको छैन । कांग्रेसले आजै संसदीय दलको बैठक बसेर सहकारी प्रकरणमा आफ्नो अडान कायम राख्ने र यस प्रकरणबाट पछि नहट्ने निर्णय गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।