नयाँ वर्षको दिन प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको दिन भोलि देशवासीका नाममा सम्बोधन गर्नु हुने भएको छ ।
उहाँले भोलि बिहान ८ बजे सिंहदरबारबाट नागरिकलाई नयाँ वर्षको शुभकामना दिने र सरकारले हासिल गरेको उपलब्धिको बारेमा जानकारी गराउने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो ।
साथै सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले कोरोनाको जोखिम, पछिल्लो राजनीतिक अवस्था बारेमा पनि नागरिकलाई जानकारी दिनु हुने मन्त्री गुरुङले बताउनुभयो ।