image
image
अल्लु अर्जुनको ‘पुष्पा २ः द रुल’ को टिजर सार्वजनिक हुँदै

अल्लु अर्जुनको ‘पुष्पा २ः द रुल’ को टिजर सार्वजनिक हुँदै

काठमाडौं । साउथ सुपरस्टार अल्लु अर्जुनले सन् २०२१ मा रिलिज भएको फिल्म पुष्पः द राइजमा उत्कृष्ट अभिनय गरेका थिए । उनको कामलाई दर्शकले निकै मन पराएका थिए र फिल्मले बक्स अफिसमा पनि राम्रो कमाई गरेको थियो । 

 अब अल्लु अर्जुनले यस फिल्मको दोस्रो भागको दोस्रो टिजर सार्वजनिक हुने भएको छ । अभिनेताले आफ्नो जन्मदिनको अवसरमा फिल्म ‘पुष्पा २ः द रुल’ को टिजर रिलिज गर्ने जानकारी उनले इन्स्टाग्राम मार्फत फ्यानहरुलाई दिइसकेका छन ।

 अल्लु अर्जुनले यही अप्रिल ८ मा आफ्नो ४२ औं जन्मदिन मनाउँदै छन् । उनका सबै फ्यानहरु उनको जन्मदिनको प्रतिक्षामा छन् किनभने यही दिन ‘ पुष्पा २ः द रुल’ को टिजर रिलिज हुँदैछ । आउनुहोस् हामी तपाईलाई बताउँछौं कि यो कहिले आउँछ र पहिलो टिजर कहिले रिलिज हुन्छ।

 अल्लु अर्जुनले फिल्म ‘पुष्पा २ः द रुल’को अर्को पोस्टर सेयर गरेका थिए । यो पोस्टर सेयर गर्दै उनले लेखेका छन्, ‘पुष्पा २ः द रुल’को टिजर सोमवार बिहान ११.०७ बजे। अर्थात ८ अप्रिलमा आउनेछ । सोसँगै यो दिन अल्लु अर्जुनले आफ्नो ४२ औं जन्मदिन मनाउने छन् ।

यो पोस्टरमा अल्लु अर्जुन आफ्नो ‘पुष्पा’ स्टाइलमा बसेका छन् । उनको हातमा बञ्चरो छ र केही मानिस उनको पछाडि उभिरहेका छन्।  ‘पुष्पा’ जसमा बसेको छ, त्यो सिंहासन जस्तो देखिन्छ । गत वर्ष अल्लु अर्जुनको जन्मदिनमा फिल्मको पहिलो टिजर रिलिज भएको थियो ।

यो टिजर हेरेर फ्यानमा फिल्म छिट्टै रिलिज हुनेमा फरक उत्साह पैदा भएको छ । त्यसपछि मात्रै फिल्मको रिलिज मिति सार्वजनिक भएको हो ।फिल्म पुष्पाको पहिलो टिजरमा पुष्पा २ को झलक देखाइएको थियो, जुन दर्शकको मन जित्न निकै सफल भएको थियो । चलचित्र ‘पुष्पा २ः द रुल’ यसै वर्षको अगस्ट १५ मा रिलिज हुँदैछ । फिल्मको अल्लु अर्जुन अर्थात् पुष्पा र रश्मिका मन्डन्ना अर्थात् श्रीवल्लीको फर्स्ट लुक सेयर गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।