image
image
उपनिर्वाचनः उम्मेदवारको आज नाम सार्वजनिक गरिने

उपनिर्वाचनः उम्मेदवारको आज नाम सार्वजनिक गरिने

काठमाडौं । आगामी बैशाखमा हुने उपनिर्वाचनका लागि उमेदवारी दिएका उमेदवारविरुद्ध परेका उजुरीमाथि आज निर्वाचनआयोगले छानबिन गर्ने भएको छ । आयोगको कार्यतालिका अनुसार आइतबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उमेदवारको विरोधमा उजुरी दिने समय तोकिएको थियो । आज बेलुका ५ बजेसम्ममा आयोगले उम्मेदवार विरुद्ध परेका उजुरीमाथि छानबिन गर्दै छ । 

उजुरी उपर छानबिनपछि आयोगले सोमबार बेलुका उमेदवारको नामावली प्रकाशन गर्ने कार्यसूची तय गरेको छ ।  यस्तै, आयोगले उम्मेदवारलाई भोली मंगलबार (२७ गते) बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उमेदवारी फिर्ताको समय दिएको छ । आयोगले मंगलबार दिउँसो ३ बजेसम्म उमेदवारको अन्तिम नामावली प्रकाशन गरी ५ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने छ ।

आयोगले २०८१ वैशाख १५ गते रिक्त रहेको इलाम २ र बझाङ १ (१) प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन गराउन लागेको हो । उपनिर्वाचनका लागि इलाम–२ मा २० जना र बझाङ १ (१)मा १२ जनाले उमेदवारी दर्ता गराएका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।