image
image
मार्क्सवादमा जति शक्ति र उर्जा संसारको कुनै अन्य सिद्धान्तमा छैन : उपाध्यक्ष सापकोटा

मार्क्सवादमा जति शक्ति र उर्जा संसारको कुनै अन्य सिद्धान्तमा छैन : उपाध्यक्ष सापकोटा


काठमाडौं । माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्नि प्रसाद सापकोटाले मार्क्सवादमा जति शक्ति र उर्जा संसारको कुनै अन्य सिद्धान्तमा नभएको बताएका छन् । शनिबार काठमाडौंमा लेखक तिलक शर्मा ‘हिमाल’को संस्करण संग्रह ‘बन्द पर्खाल’ सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै सापकोटाले मार्क्सवादमा जति शत्ति, अन्य सिद्धान्तमा नभएको मार्क्सवादप्रति आफू कति जिम्मेवार छौं भन्ने कुराले अर्थ राख्ने बताए । 

 भने, ‘मार्क्सवादमा जति शक्ति मार्क्सवाद जति उर्जा यो दुनियाँमा अरु कुनै सिद्धान्तमा छैन । त्यही भएर सवाल कहाँनिर हो त भन्दा हामी मार्क्सवादप्रति कति जिम्मेवार छौं ।’लेखक शर्माको संग्रहमाथि टिप्पणीमा लामो समय विताएका सापकोटाले ‘बन्द पर्खाल’मा लेखिएका शब्दहरु कलमले नभइ मुटुले लेखिएको टिप्पणी गरे । 

उनले भने, ‘संस्करण संग्रह ‘बन्द पर्खाल’मा लेखिएका शब्दहरुले कलमले होइन मुटुले लेखिएका छन् । किताबको पहिलो पृष्ठदेखि अन्तिमसम्म यस्तो पनि हुनसक्ला र भन्ने कुरा कहीं पनि लेखिएको छैन । यति इमानदारितपूर्वक, जिम्मेवारीपुर्वक किताव लेखिएको छ कि वास्तवमा भन्ने हो भने त्यसले धेरै नै छुन्छ । लेखकीयप्रति इमानदार हुनु, निष्ठावान त छँदैछ तर विचार निर्माणको सवालमा नै मुख्य कुरा हो ।’आफूले जनयुद्धका दिनहरु सम्झिँदा मुटुबाट रगतका धाराहरु झरेजस्तै अनुभुती हुने उनको भनाइ छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।