image
image
अघिल्लो सरकार राष्ट्रलाई बोझ भएको थियो : विष्णु रिमाल

अघिल्लो सरकार राष्ट्रलाई बोझ भएको थियो : विष्णु रिमाल


काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले अघिल्लो सरकार राष्ट्रको लागि बोझ भएको बताएका छन् । आज नेपाल कम्युनिष्ट पार्टी (एमाले) मजदुर विशेष जिल्ला कमिटीको आठौं जिल्ला अधिवेशनमा उनले विगतको सरकार रहनु भनेको बर्बादीतर्फ जानु हो भन्ने निष्कर्षमा पुगेर सरकार परिवर्तन गरेको बताएका हुन् । 

उनले भने, ‘अघिल्लो सरकार किन लडाको र यो सरकारले के गर्ला भन्ने सन्दर्भमा एउटै मात्र कुरा के हो भने अघिल्लो सरकार राष्ट्रलाई बोझ भएको थियो । किन भने त्यसले केही पनि काम गर्दैन् थियो । एउटा मोटो शरीर छ । खान्छ र बस्छको अवस्थामा थियो । गोठमा बाधेको गाई भैंसी जस्तै खाने र गोबर गर्ने बाहेक केही काम गर्दैन् । अघिल्लो सरकारको हालत त्यस्तो थियो । त्यो सरकार रहनु भनेको बर्बाद कै कुरा हो भन्ने निष्कर्षमा हामी पुग्यौं ।’विगतको सरकार चोरेर लाइसेन्स लिएको अथवा लाइसेन्स नै नभएको मान्छेले चलाएको भन्दै हरेक क्षण दुर्घटना हुने खतरामा देश भएको हुनाले पनि सरकार परिवर्तनको अभियानमा लागेको बताए । 

उनले भने, ‘अघिल्लो सरकार के हो भने चोरेर लाइसेन्स लिएको अथवा लाईसेन्स नै नभएको मान्छेले चलाएको थियो त्यसकारण हरेक क्षण दुर्घटना हुने खतरामा थियो । तरलता बढि हुदाँ पनि खर्च गर्न नसक्ने तात्कालिन सरकार हो । त्यही हिसाबले सरकार परिवर्तन गर्नुपर्छ भनेर अभियान सञ्चालन गरेका थियौं । यो कुनै लुकाएर गरिएको काम थिएन् ।’ 

सिन्डिकेट खडा गरेर अल्पकालिन नाफाको लागि जान नसक्ने भन्दै नयाँ सहकार्यलाई गठबन्धनको नाम नदिएको उनको भनाई छ । फरक प्रसंगमा उनले पार्टीलाई सुदृढ बनाउन र समाजवादको आधार निर्माण गर्नुपर्ने धारणा राखे ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।