image
image
वाइडबडी विमान खरिदमा संलग्नहरुविरुद्ध मुद्दा दायर गर्ने तयारी

वाइडबडी विमान खरिदमा संलग्नहरुविरुद्ध मुद्दा दायर गर्ने तयारी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिदमा संलग्नहरुविरुद्ध मुद्दा दायर गर्ने तयारी गरेको छ । पाँच वर्षअघि दुईवटा वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै अख्तियारले तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगत कंसाकार लगायतहरुमाथि मुद्दा दायर गर्ने निर्णय गरेको हो ।

आयोगले आज वा भोलि नै उनीहरुविरुद्ध मुद्दा दायर गर्ने तयारी गरेको उच्च स्रोतले जानकारी दियो । भ्रष्टाचार मुद्दामा प्रतिवादी बनाइएका अरु कतिपय व्यक्तिहरुको नाम, विगो रकम र अरु विवरण भने गोप्य राखिएको छ ।

वाईडबडी विमान खरिदको प्रक्रिया अघि बढ्नासाथ अख्तियारमा उजुरी परेको थियो । त्यसपछि सार्वजनिक लेखा समितिले राजन केसीको संयोजकत्वमा उपसमिति गठन गरी छानविन गरेको थियो । उक्त उपसमितिले जहाज खरिद गर्दा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँभन्दा बढी आर्थिक हिनामिना भएको प्रविेदन पेश गरेको थियो ।

लामो समय सुस्तता देखाएको अख्तियारले गत २१ मंसिर, २०८० मा सूचना निकालेर तीन विदेशी कम्पनीका प्रतिनिधिलाई दुई साताभित्र ‘बयानका लागि आउनू’ भनी सूचना निकालेको थियो ।

केही महिनादेखि अनुसन्धानलाई अघि बढाएको अख्तियारले अनुसन्धान टुंग्याएर मुद्दा दायर गर्ने निर्णय गरेको हो । वाइडबडी निर्णय प्रक्रियामा जोडिएका तत्कालीन पर्यटन मन्त्रालय र नेपाल वायुसेवा निगमका अधिकारीहरुलाई भ्रष्टाचारमा संलग्न रहेको आरोप सहित प्रतिवादी बनाएको अख्तियार स्रोतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।