image
image
सात संसदीय समितिको बैठक आज बस्दै, यस्ता छन् मुख्य एजेण्डा

सात संसदीय समितिको बैठक आज बस्दै, यस्ता छन् मुख्य एजेण्डा


काठमाडौं । आज विभिन्न सात संसदीय समितिहरूको बैठक बस्दैछ । प्रतिनिधिसभाका अर्थ समिति र कानून, न्याय तथा मानव अधिकार समितिको बैठक विहान ११ बजे बोलाइएको छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले साढे ११ बजे, सार्वजनिक लेखा समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले दिउँसो १ बजे र महिला तथा सामाजिक समितिले २ बजे बैठक राखेका छन् । 

राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक ३ बजे बस्दैछ । अर्थ समितिको आजको बैठकमा उजुरी छानविन उपसमितिमा हालसम्म भएका काम कारवाहीको सम्बन्धमा छलफल हुने जनाइएको छ । 

त्यस्तै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा आज प्रत्यायन ऐन, २०७९ को दफा ३ मा व्यवस्था भए बमोजिमको नेपाल प्रत्यायन केन्द्रको स्थापना गर्ने सम्बन्धमा मन्त्रालयबाट हालसम्म भए गरेकाा काम कारबाहीका बारेमा छलफल हुदैछ । सार्वजनिक लेखा समितिले विकास निर्माण केन्द्रीत छलफल गर्दैछ । समितिमा आज हुलाकी राजमार्ग निर्माण सम्बन्धमा छलफल गर्ने तयारी छ । 

त्यस्तै, महिला तथा सामाजिक समितिमा पनि हिंसा सँग सम्बन्धित दुई महत्वपूर्ण विषयमा छलफल हुदैछ । समितिले मानव बेचबिखन र लैङ्गिक हिंसा सम्बन्धी दुई विषयमा छलफल गर्न लागेको जनाएको छ । 

यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पनि विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने तयारी छ । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको २०४ औँ बैठकमा सरकारी आश्वासन कार्यान्वयन अवस्थाको प्रगति विवरण, सार्वजनिक नीतिको मस्यौदा, तथा निर्माण र कार्यान्वयन लगायतका विषयमा छलफल हुँदैछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।